माधव नेपालको चुनौती : भने, आगामी निर्वाचनमा पार्टीको हैसियत देखाइदिन्छौ’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एसले आगामी निर्वाचनमा पार्टीको हैसियत देखाइदिने भन्दै चुनौती दिएका छन् । सत्ता गठबन्धनका नेताहरुलाई आफ्नो पार्टीलाई अवमूल्यन नगर्न चेतावनी दिदै उनले यस्तो चुनौती दिएका हुन् ।

उनले स्थानीय निर्वाचनमा नौ लाख २७ हजार मत पाएको भन्दै यति धेरै मत पाएको पार्टीलाई कसैलाई अवमूल्यन नगर्न चेतावनी दिएका हुन् । ‘हिजो मात्रै बालुवाटारमा छलफल हुँदै थियो । उनीहरुले हाम्रो मत साढे चार लाख मात्रै भन्दै थिए’, अध्यक्ष नेपालले भने, पोखराको हिसाव खोइ भनेर मैले भनेपछि कुरा त ठिकै हो है ! भन्दै थिए ।’

उनले निर्वाचन आयोगको तथ्यांक पनि गलत रहेको बताए । उनले स्थानीय निर्वाचनमा सवै ठाउमा उम्मेदवार उठाएको भए १५ देखि २० लाख भोट पाउने र त्यति भोट पाउँदा अवको चुनावमा १५ देखि २० सिट कसैले रोक्न नसक्ने बताए ।

आउने चुनावमा समानुपातिक मतले पनि आफ्नो पार्टीले हैसियत देखाउन सक्ने भन्दै उनले मूकदर्शक भएर बस्ने आफ्नो पार्टी नभएको भन्दै ख्याल गर्न चेतावनी दिए ।

  • ९ भाद्र २०७९, बिहीबार १६:४३ प्रकाशित