काठमाडौं ।
नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।प्रतिनिधिसभा सदस्यका लागि इलाम–१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरिएको छ ।
इलाम–२ बाट भने युवा संघका केन्द्रीय उप(महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ ।प्रदेशसभा सदस्यका लागि इलाम-१ (क र ख)मा भक्त केसी, खिनु लङुवा, जितबहादुर राई, बृहस्पति खतिवडा र सावित्रा गड्तौलाको नाम सिफारिस गरिएको छ ।
इलाम–२ (क र ख)मा हरि बाला, प्रमिला बस्नेत, सञ्जीप राई, सोम शर्मा, हर्क साम्बाको नाम सिफारिस गरिएको छ ।














