पोखरा ।
पोखराका भुमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले दशैैंअघि जग्गाधनी प्रमाणपत्र ‘लालपुर्जा’ पाउने भएका छन् । भूमि सम्बन्धी समस्या समाधान गर्न बनेको राष्ट्रिय भूमि आयोग कास्कीको अनुसार पोखराका सयौं सुकम्बासीले दशैअघि लालपुर्जा पाउने भएका हुन् ।
भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले यही भदौ १३ गतेबाट कास्कीमा जग्गा धनीपुर्जा दिन सुरु गरिने जानकारी दिएका छन् ।
आयोगको गठन आदेश लागु भएपछि वितरण गर्न बाँकी भूमिहीनलाई जग्गा दिन लागेको आयोगका कास्कीका प्रवक्ता आशबहादुर गुरुङले बताए ।उनका अनुसार २०५२ देखि ५८ सालदेखि बसोबास गर्दै आएका स्रेस्ता लिएर पनि पूरापूरा रुपमा प्रयोग गर्न नपाएकाहरुलाई १३ गतेबाट जग्गाधनी पुर्जा वितरण गरिने भएको हो ।
सबैभन्दा पहिला आयोगले पोखरा महानगरपालिका अन्तर्गत वडा नम्बर १४, १७, १९, २५, २८, २७, ३१, ३३ वडाका भूमिहीनलाई जग्गाधनी पुर्जा दिन लागेको अध्यक्ष पोखरेले बताए ।अन्य वडाहरुका सुकुम्बासीले त्यसपश्चात प्रक्रिया पुरा गरि लालपुर्जा पाउने उनको भनाई छ ।
पोखरा महानगरपालिकाका ३३ वटा वडाबाट १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन संकलनभएको छ ।
आयोगको कास्की समितिको साउन २५ गते बसेको बैठकले कास्कीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका साथसाथै अधुरा अपूरा कार्य सम्पादन अन्तर्गतका ४९ जनालाई लालजुर्जा वितरण गर्ने निर्णय गरिसकेको आयोगका अध्यक्ष गंगा पोखरेलले बताए ।
‘
‘














