काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले आज स्थापना दिवस मनाउँदैछ ।
दल दर्ताको प्रमाणपत्र पाएको दिनलाई नेकपा एसले आज दिवस मनाउन लागेको हो । अघिल्लो वर्ष आजकै दिन, निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले स्थापना दिवसलाई ‘पुनर्गठन दिवस’ भनेको छ ।
पार्टी प्रवक्ता एवम् उपमहासचिव जगनाथ खतिवडाका अनुसार, राजधानी काठमाडौंसहित देशभर पुनर्गठन दिवस मनाइँदैछ । केन्द्रीय कार्यालयले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्कवेट थापागाउँमा पुनर्गठन दिवस कार्यक्रम राखेको छ ।
पार्टी बनेको पहिलो वर्ष भएकाले एकीकृत समाजवादीका नेताहरुले नेकपा एमालेबाट अलग हुनुको औचित्य र पार्टीको आगामी कार्ययोजनाबारे विमर्श गर्ने लगभग पक्का छ ।














