काठमाडौं ।
सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । हिजो (मंगलबार) बसेको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको थियो । हिजोको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको छ ।
सिट बाँडफाँटको मापदण्डमै सहमति नजुटेपछि मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।
मापदण्डलाई अन्तिम रुप दिन कार्यदलको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल ०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी गरेको छ ।














