लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
विद्यालयका प्रिन्सिपल यम वहादुर रोकाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना साथै हालका विद्यालयका गतिविधि र भावी योजनासमेत प्रस्तुत गरेका थिए । उनले नवआगन्तुक विद्यार्थीहरुलाई मन्दिर भित्रको ढुङ्गा र बाटोको ढुङ्गाको उदारण दिदै सबैले पुज्ने बन्नु पर्नेमा जोड दिए ।
विद्यालयका व्यवस्थापक प्रमुख हरिप्रसाल लामिछानेले विद्यार्थीहरुका लागि विद्यालय गतिविधिलाई चुस्त राख्न गरिएको व्यवस्थाको बारेमा जानकारी दिनुका साथै असल नागरिक बन्न विद्यार्थीहरु लगनशील हुनुपर्ने बताए ।
विद्यालयका शैक्षिक प्रमुख संजिव थापाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न विषयको पाठयक्रम र पढाई पद्दत्ति, +२ को दुई वर्षे पढाई किन महत्वपूर्ण छ भन्ने बारेमा जानकारी प्रस्तुत गरेका थिए । विद्यालयका +२ संयोजक शिव प्रसाद लामिछानेले विद्यार्थीहरुलाई मुल्याङ्कन सैद्घान्तिक तथा प्रयोगात्मक प्रकृयाको बारेमा जानकारी, पढाई हुने विषयहरुको बारेमा जानकारी तथा अनुसाशन र विद्यालयका नियमहरुको बारेमा जानकारी दिए ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद सहित हरेक व्यक्ति आफैमा क्षमतावान हुने र आफ्नो क्षमताको सहि सदुपयोग गदै शैक्षिक उन्नति तर्फ सबै विद्यार्थीहरुलाई जागरुप हुन् अनुरोध गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नारायण प्रसाद पराजुलीले गरेका थिए ।