कोरोना अपडेट : थपिए ६३४ संक्रमित, ४१७ जना संक्रमणमुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा गत २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयमा कोरोनाका कारण थप एक संक्रमितको मृत्यु भएको छ।

देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परिक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परिक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको दिन थप ४१७ जना निको भएका छन् । हाल नेपालमा ४ हजार २२१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • ७ भाद्र २०७९, मंगलवार १६:२५ प्रकाशित