दुई बालिकामाथि बलात्कार आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन ।

कैलालीको लम्कीचुहा नगरपालिका–८ घर भएका ६२ वर्षीय गणेश सिंह ठकुरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

आरोपीले दुईजना बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार ९ वर्षीया र ७ वर्षीया बालिकालाई उनले जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

  • ७ भाद्र २०७९, मंगलवार ११:०० प्रकाशित