पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको तेस्रो दिन मंगलबार आज डलरको खरिददर १२७ रुपैयाँ ५० पैसा र बिक्रीदर १२८ रुपैयाँ १० पैसा रहेको छ ।
यस्तै एक युरोको खरिददर १२७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२८ रुपैयाँ १९ पैसा छ । आज एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८२ पैसा रहेको छ।
आज युके पाउण्ड एकको खरिददर १५० रुपैयाँ ५३ र बिक्रिदर १५१ रुपैयाँ २३ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ ।