बन्दकर्ताले गरे दुईवटा सार्वजनिक गाडीमा तोडफोड

केन्द्रभाग मिडिया

तस्वीर सामाजिक सञ्जालबाट

काठमाडौं ।

काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।

कोटेश्वरको आकाशे पुल नजिक बा‍ ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा ३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ ।

बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ ।

  • ७ भाद्र २०७९, मंगलवार ०९:५२ प्रकाशित