एमालेको स्थायी कमिटी बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ ।

निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरू आजबाट सुरु हुने भएको हो। आज स्थायी कमिटी बैठक बोलाएको एमालेले भदौ ९ गते पोलिटब्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ ।

आज बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतका बिषयमा छलफल गर्नेछ ।

  • ७ भाद्र २०७९, मंगलवार ०९:३२ प्रकाशित