काठमाडौं ।
आगामी प्रतिनिधि र प्रदेशसभामा चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै घोषणापत्र बनाउने भएका छन् ।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा पार्टी एकताको गृहकार्य गरिरहेका यी दुई पार्टी एउटै घोषणापत्र बनाएर अघि बढ्न सहमत भएका हुन्।
सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको छलफलमा दुई पार्टी एउटै घोषणापत्र लिएर निर्वाचनमा जान सहमत भएको जनाइएको छ।
मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । पार्टी एकताको पहल गरिरहेका दुई पार्टीबीच एकता भने निर्वाचनपछि मात्रै हुने भएको छ ।














