काठमाडौं ।
कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् ।
आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् ।
राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला उनले अनशन सुरु गरेकी थिइन् ।काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अनशन तोड्दा उनको माग बमोजिम आरोपी शिवराज श्रेष्ठसँग डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरमा माग गर्ने सहमति भएको छ ।














