करेन्ट लाग्दा दुई जनाको मृत्यु

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

देशका छुट्टाछुट्टै जिल्लामा करेन्ट लागेर दुई जनाले ज्यान गुमाएका छन् ।रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो । सोही ठाउँस्थित खेतमा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका–५ वस्तु घर भएका २२ वर्षीय प्रदिप भट्टराई रहेका छन् । उनको शनिबार करेन्ट लागेर मृत्यु भएको हो ।

  • ५ भाद्र २०७९, आईतवार १४:५५ प्रकाशित