पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना

केन्द्रभाग मिडिया

पोखरा ।

नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा सचिवालय स्थापना गरिएको छ । पोखरा रंगशालामा रहेको बहुउदेश्यीय कभर्डहलमा स्थापना गरिएको कार्यकारी समितिको सचिवालयको आइबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्याटन गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद आयोजना गदैँछ ।

सचिवालयको उद्घाटन गर्दै मन्त्री गहतराजले खेलाडीको सबैभन्दा ठुलो महोत्सव भएकाले यसलाई सफल पार्न सबैको सहयोगको खाचोँ रहेको बताए । प्रतियोगिता सम्पन्न गर्न तीन तहकै सरकारको सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको पनि बताए । पर्यटकिय नगरि पोखराको पर्यटन प्रवद्धनमा समेत खेलकुदलले थप टेवा दिने उनले विश्वास व्यक्त गरे ।

सचिवालय उद्याटन पछि बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको राजनधानीमा खेलकुदको महापर्व सफल बनाउन प्रदेश सरकार लागिरहेको बताएप्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारको सम्पूर्ण सहयोग रहने बताए ।

सो अवसरमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताले पर्यटकिय नगरी पोखरामा थप उर्जा थप्ने बताए । प्रतियोगितालाई सफल बनाउन जिम्मेवार भएर महागनरले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले अब पोखराबाटै राष्ट्रिय खेलकुदको तयारीका काम हुनेछन् बताए । प्रतियोगितामा ३६ खेल समावेस गरिएको छ । प्रतियोगितामा सात प्रदेशबाट खेलाडी पोखरा आउने छन् । यस्तै तीन विभागीय टिम र एक गैर आवसीय नेपाली संघ (एनआरएनए) टिमले पनि प्रतिष्पर्धा गर्नृ छन् । कुल ११ टिम प्रतियोगितामा सहभागी हुने छन् ।

  • ५ भाद्र २०७९, आईतवार १६:१९ प्रकाशित