काठमाडौं।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिको पहिलो बैठक सकिएको छ ।
समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको बताइएको छ। अर्को बैठकमा समितिको सदस्य चयन गर्ने बारेमा पनि छलफल भएको छ ।
आजको बैठकमा केही सदस्य नआएका कारण सभापति चयन गर्ने काम अर्को बैठकका लागि सारिएको छ । बैठकमा काम ढिलो सुरु भएको र समयमै सक्ने बारेमा चुनौती रहेको बिषय सांसदहरुले उठाएका थिए । बैठकमा सहभागी सदस्यहरुले कसरी काम छिटो गर्न सकिन्छ सो प्रक्रियाबाट जानुपर्नेमा जोड दिएका थिए ।














