उत्तर कोरियाद्वारा मिसाइल प्रहार

केन्द्रभाग मिडिया

This picture taken on January 14, 2022 and released from North Korea's official Korean Central News Agency (KCNA) on January 15 shows a firing drill of railway-borne missile regiment is held in North Pyongan Province. (Photo by AFP) / South Korea OUT / ---EDITORS NOTE--- RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO/KCNA VIA KNS" - NO MARKETING NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS / THIS PICTURE WAS MADE AVAILABLE BY A THIRD PARTY. AFP CAN NOT INDEPENDENTLY VERIFY THE AUTHENTICITY, LOCATION, DATE AND CONTENT OF THIS IMAGE --- / (Photo by STR/AFP via Getty Images)

उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । ‘

आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीलाई जनाएको छ । अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि अधिकारीहरूले जनाएका छन् ।

योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक प्योङयाङले जुलाई १० मा हतियार परीक्षण गरेको थियो । त्यतिबेला उसले धेरै रकेट लन्चरहरू फायर गरेका थिए ।

उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धित हतियार परीक्षण गरेको थियो । विश्वबाटै एक्लिएको प्योङयाङले आफ्नो सातौं आणविक परीक्षणबारे योजना गरिरहेको बताइएको छ ।

 

  • १ भाद्र २०७९, बुधबार १५:०४ प्रकाशित