बञ्चरेडाँडामा आज पनि तनाव, स्थानीय पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
बन्चरेडाँडामा फोहोर फाल्न दिनदिनै कठिनाई भईरहेको छ । स्थानीयले फोहोर नदिएपछि प्रहरी परिचालन गरेर फोहोर फाल्ने प्रयास गरिएका पनि दिनकै झडप हुन थालेको छ ।

आज पनि स्थानीयको विरोधको बाबजुत प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजान खोजेपछि झडप भएको छ ।

फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार प्रहरीले बल प्रयोग गरेर १८६ गाडी फोहोर फालेको थियो । स्थानीयको अवरोध हटाउनलाई प्रहरीले रबर गोली समेत प्रहार गरेको थियो । सो क्रममा एक जना घाइते पनि भएका थिए ।

  • १ भाद्र २०७९, बुधबार १४:२४ प्रकाशित