पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरो र पाउण्डको भाउ ओरालो लागेको छ ।
आज एक युरोको खरिददर १२८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा रहेको छ । हिजो एक युरोको खरिददर १२९ रुपैयाँ ६० पैसा र बिक्रीदर १३० रुपैयाँ २१ पैसा रहेको थियो । अस्ति युरो एकको खरिददर १३० रुपैयाँ ४७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०८ पैसा रहेको थियो ।
यस्तै आज डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९२ रुपैयाँ १२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५६ पैसा रहेको छ।
आज युके पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ९२ र बिक्रिदर १५३ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिदर १५३ रुपैयाँ ३७ र बिक्रीदर १५४ रुपैयाँ १० पैसा रहेको थियो।१० जापानी येनको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०३ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४७ पैसा र बिक्रीदर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।