आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला प्रतिबन्ध

केन्द्रभाग मिडिया

LONDON - FEBRUARY 29: Shoppers leave a Sainsburys store with their purchases in plastic bags on February 29, 2008 in London, England. The Prime Minister Gordon Brown has stated that he will force retailers to help reduce the use of plastic bags if they do not do so voluntarily. (Photo by Cate Gillon/Getty Images)

काठमाडौं ।

सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्ने भएको हो ।

यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो । तर, त्यही महिना जनधनको ठूलो क्षति पुर्याउने गरी गएको भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन । मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने छ ।

त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन गर्ने र अनुगमनको क्रममा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बिक्री र प्रयोग गरेको भेटिए प्रहरी परिचालन गरी तत्काल कारबाही गर्ने प्रवक्ता मेघनाथ काफ्लेको भनाइ थियो ।

गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिए लगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न सरकारले ४० माइक्रोनभन्दा पातलो झोलामा आजबाट प्रतिबन्ध लगाएको हो ।

  • १ भाद्र २०७९, बुधबार ०९:२६ प्रकाशित