काठमाडौं ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध पुग्दै आएको छ । फोहोर व्यवस्थापन हुदैं आएको बञ्चरेडाँडाका स्थानीयले अवरोध जारी राखेपछि काठमाडौंको फाहोर व्यवस्थापनमा जटिलता देखिएको छ ।
मेयर बालेन्द्र साहले प्रहरी बल लगाएरै भएपनि फोहोर व्यवस्थापन गर्ने निर्णय गरेपछि स्थानीय झनै आक्रोशित भएका छन् ।उनीहरुले फोहोर फाल्न नदिने चेतावनी दिंदै आएका छन् । आज पनि फोहोर बोकेर गएको गाडीलाई अवरुद्ध गरेपछि बञ्चरेडाँँडामा तनाव भएको छ ।
स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउण्ड हवाईफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको छ ।स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको प्रहरीले जनाएका छन् ।














