काठमाडौं ।
भारतबाट तेस्रो पटक पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमको अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगम स्रोतले बताएको छ ।
यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको बताइएको छ ।भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले उपभोक्ता मूल्य नघटाउँदा सर्वसाधरण मारमा परेका छन् ।














