काठमाडौं ।
नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाएका हुन् ।
पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नेपालको नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनः गहन छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएकाले’ फिर्ता पठाइएको उल्लेख छ ।
राष्ट्रपतिले नागरिक विद्येयक फिर्ता पठाएसँगै केही राजनीतिक नेताले आलोचना गरेका छन् भने केहीले उनको निर्णयको स्वागत गरेका छन् ।














