इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

केन्द्रभाग मिडिया

काठमाडौं ।

इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ ।

इजरायलले यसपाली कृषि कामका लागि थप एक हजार कामदार लैजाने भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसअघि इजरायलले केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगिसकेको छ ।

आज मन्त्री शेरबहादुर कुँवरसँग भेट गरी इजरायलका राजदूत खनान गोदेरले उक्त कुरा जानकारी गराएका हुन् । मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको थियो ।

छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषय टुंगो लगाएको बताएका थिए । त्यस्तै उनले यसअघि सहायक कामदारको रूपमा १ हजार १४७ जना कामदार इजरायल गइरहेको बारेमा समेत जानकारी गराएका थिए ।

  • ३० श्रावण २०७९, सोमबार १५:५३ प्रकाशित