सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुडानमा भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढी र पहिरोमा परि आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीेले बताएको छ।

त्यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

यहाँको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा छ । यहाँको दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । यस क्षेत्रका पाँच हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।

  • ३० श्रावण २०७९, सोमबार १४:२० प्रकाशित