राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेर नागरिकता विधेयक फिर्ता गरेको बताएका छन् ।

राष्ट्रपतिले विधेयक फिर्ता गर्नु हुँदैनथियो भन्ने पक्षमा आफू नरहेको भन्दै उनले यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । विधेयकमा संसद्ले पनि आफ्नो अधिकार प्रयोग गर्नसक्ने थापाले बताए ।

विधेयक फिर्ता गर्नुनै असंवैधानिक कार्य भनेर आलोचना गर्न नहुने गगनको भनाई छ । विधेयकमाथि गरिएका टिप्पणीका आधारमा अध्ययन गरेर संसदले आफ्नो अधिकार प्रयोग गर्नसक्ने उनको भनाइ छ ।

विधेयकमा पार्टी र गठबन्धन सरकारले पनि छलफल गर्ने उनले बताए । । विधेयकबारे व्यक्तिगत टिप्पणी नगर्ने बताएका उनले नागरिकताबाट नागरिक बञ्चित हुने अवस्था नआओस् भन्ने आफूहरूको उद्धेश्य रहेको उनको भनाइ छ ।

  • ३० श्रावण २०७९, सोमबार १३:५२ प्रकाशित