सुर्खेत ।
जंगली जनावरको आक्रमणबाट बर्दियामा २ जनाको ज्यान गएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो । जंगली जनावरको आक्रमणबाट स्थानीयको ज्यान जान थालेपछि स्थानीयले सडक अवरुद्ध गरेर प्रर्दशन गरेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका(५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द्र र कवी ओलीको जंगली जनावरको आक्रमणबाट आइतबार मृत्यु भएको थियो । स्थानीयले सोमबार विहान ११ बजेदेखि कोहलपुर(सुर्खेत रत्न राजमार्ग अवरुद्ध गरेका हुन् ।
प्रर्दशनमा उत्रेका स्थानीयले जंगली जनावरको संरक्षण गर्ने भए जनताको सुरक्षालाई ध्यानमा राख्नुपर्ने भन्दै सडक अवरुद्ध गरेका हुन् ।














