राष्ट्रपतिलाई पदच्युत गर्न तरुण दलको माग

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । आइतबार राष्ट्रपतिले नागकिता विधेयक फिर्ता गरे पछि सत्तारुढ दल नेपाली कांग्रेसको युवा संगठन तरुणदलले प्रतिक्रिया स्वारुप राष्ट्रपतिको राजीनामा मागेको हो ।

तरुण दलका अध्यक्ष विद्धान गुरुङले आज विज्ञप्ती जारी गदै भण्डारीलाई महाअभियोग लगाएर पदच्युत गर्न माग गरेका छन् ।

नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले देशलाई अन्धकारमा धकेन्ल खोजेको आरोप तरुण दलले लगाएको छ ।

राष्ट्रपतिको यो निर्णयले जनताको सार्वभौम अधिकार समेत कुण्ठीत गरेको छ । जनतामाथि खेलवाड गरेको भन्दै राजीनामा माग गरेका छन् । राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने तरुण दलको माग छ ।

 

 

  • ३० श्रावण २०७९, सोमबार १०:५५ प्रकाशित