आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको भिड

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

आज बिहानैदेखि पोखराको केदारेश्वर, विन्दवासिनी, नारायणस्थान, तालबाराही लगायतका मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको भिड छ ।

  • ३० श्रावण २०७९, सोमबार ०९:१५ प्रकाशित