पोखरा ।
कास्की प्रहरीले ठुलो मात्रामा लागू औषध सहित तीन जनलाई पक्राउ गरेको छ । यही साउन २८ गते पोखरा महानगर वडानम्बर ३० पावरहाउ चोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासी पल्हीनन्द गाउपालिका वडानम्बर ६ का २० वर्षीय प्रहलाद लोहार, पर्वत मोदी गाउपालिका–६ का हाल पोखरा महनगर–१० बस्ने सबिन केसी र पोखरा महानगरपालिका १४ चाउथे बस्ने भूषण मिजार रहेको प्हरीले जनाएको छ ।
नारायणगढबाट पोखरा आउदै गरेको माइक्रो बसमा चेकजाच गर्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले डाईजापाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल, नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल फेला पारेको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्कीका प्रहरीले जानकारी दिएको छ ।