पोखरा ।
गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले विद्यालयहरूमा स्थानीय बिदा दिने भएको छ ।
ट्होटे गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्वमध्य प्रमुख मानिन्छ । यो उभौली र उघौली गरी वर्षमा २ पटक मनाइनछ । चैत्र र साउनको अन्तिम मंगलबार यो पर्व मनाइने गरिन्छ ।
साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको महनगरपालिकाले जनाएको छ ।
शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले वर्षभरिबाट विद्यालयले दिन सक्ने बिदा कट्टा गर्ने गरी बिदा दिइएको जानकारी दिए ।
\