काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा.बाबुराम भट्टराईबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ ।
आज (आइतबार) बिहान भएको छलफलमा प्रचण्ड र बाबुरामबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको जनाइएको छ । आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा.भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो ।
यद्यपि, सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ । मौखिक सहमति भएको छ ।
प्रचण्डले बाबुरामलाई पुन माओवादीमै फर्काउन हरसम्भव प्रयास गरिरहेका छन् । यद्यपि बाबुरामले भने माओवादीमा नर्फकने बताइसकेका छन् । उनले प्रचण्डलाई गठबन्धनमा सामेल गर्न भुमिका खेल्न भने आग्रह गरेका छन् ।













