डोल्पा ।
डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ राझा मोहोनपुर बस्ने वर्ष ३२ को सुरज बसाल मगर रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी नगरपालिका वडा नं। ३ जिऊ भन्ने स्थानमा बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । पहिरोले स्काभेटर पुरिँदा चालक सुरजको मृत्यु भएको हो ।














