शिक्षकका लागि राखेको पानी पिएको भन्दै कुटिएका दलित विद्यार्थीको मृत्यु

केन्द्रभाग मिडिया

भारत ।

भारतमा एक दलित विद्यार्थीको कुटपिटबाट ज्यान गएको छ ।

भारतको राजस्थानका दलित समुदायका एक बालकले शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।

प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको जनाइएको छ। उक्त घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।

कुटाइबाट बालकको आँखा र कानमा गम्भीर चोट लागेको थियो । बालकको उपचारको क्रममा अस्पतालमा हिजो शनिबार मृत्यु भएको हो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ ।

  • २९ श्रावण २०७९, आईतवार १३:५९ प्रकाशित