काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘बालेन’ले प्रहरी बल प्रयोग गरेरै भएपनि फोहोर व्यवस्थापन गर्ने निष्कर्षमा पुगेका छन् ।
यसअघि फोहोर व्यवस्थापनमा प्रहरी बल प्रयोग गर्न नहुने बताउँदै आएका मेयर बालेन अब प्रहरी बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निष्कर्षमा पुगेका हुन् ।
मेयरमा निर्वाचत भएलगत्तै बन्चरेडाँडा पुगेर उनले फोहोर व्यवस्थापनका नाममा मानवीय अपराधान भइरहेको भन्दै बल प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । तर, पूर्वसहमति पालनाको काम गर्दै पटक(पटक स्थानीय असन्तुष्ट समूहले फोहोर फाल्न अवरोध गरेपछि महानगरपालिका अब बल प्रयोग गर्ने निष्कर्षमा पुगेको जनाइएको छ ।
अहिले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचलान गरिएको बताइएको छ । स्थानीय बासिन्दाको अवरोध नहोस् भनेर तत्काल प्रहरी परिचालन गर्न यसअघि नै सशस्त्र प्रहरी बलको क्याम्प यसअघि नै स्थापना भएको थियो ।














