काठमाडौं ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकट नेताहरुलाई छुट्टै छलफल लागि बोलाएका छन्। छलफल आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा हुनेछ ।
आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आवश्यक रणनीति तय गर्न छलफल गर्न लागिएको नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बताए ।
छलफलमा दोस्रो तहका नेता र भातृ संस्थाका नेताहरुलाई बोलाइएको छ । यसअघि बत्तिसपुतलीको एक पार्टी प्यालेसमा भएको छलफलमा उठेका विषय कोइरालालाई जानकारी गराउने र भावी रणनीति तय गरिने नेताहरुले बताएका छन् ।














