पोखरा र धरानका मेयर बीच भेटवार्ता, विविध विषयमा छलफल

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र धरान उपमहानगरका प्रमुख हर्क साङपाङ राई बीच भेटवार्ता भएको छ । पोखराका प्रमुख आचार्य सहितको टोलीले शुक्रबार सांस्कृतिक भगिनी सम्बन्ध रहेको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ राई लगायतसँग भेटघाट तथा छलफल गरेको हो ।

धरान उपमहानगरपालिका कार्यालयको बैठक कक्षमा भएको भेटघाटमा फोहोर मैला व्यवस्थापन सहित दुई सहर बिचको सांस्कृतिक भगिनी सम्बन्ध र आगामी दिनमा थप सहकार्य लगायतका विषयमा छलफल भएको  सहभागी सव-इन्जिनियर नेत्र तिमिल्सिनाले जानकारी दिए ।

भेटघाटमा पोखरा महानगरपालिकाका प्रमुख आचार्य, वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल तथा वडा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, सरसफाइ शाखा प्रमुख कल्पना बराल र सव-इन्जिनियर तिमिल्सिना तथा धरान उपमहानगरपालिकाका प्रमुख सहित उपमेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत, पालिकाका कर्मचारीहरू, स्थानीय उद्योगी तथा व्यवसायीहरूको समेत सहभागिता थियो ।

  • २८ श्रावण २०७९, शनिबार ०७:२१ प्रकाशित