पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (शुक्रबार) डलर र युरोको भाउ बढेको छ ।
आज युरो एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३० रुपैयाँ ५४ पैसा थियो ।
यस्तै आज डलर एकको खरिददर १२७ रुपैयाँ १२ पैसा र १२७ रुपैयाँ ७२ पैसा रहेको छ । हिजो एक डलरको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५४ पैसा थियो ।
एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ । हिजो भने एकको खरिददर ८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८८ पैसा थियो।यस्तै सिंगापुर डलरको खरिददर ९२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९३ रुपैयाँ २८ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६० पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा रहेको छ ।