आज गाईजात्राको दिन कस्तो रहनेछ मौसम ?

केन्द्रभाग मिडिया

पोखरा ।

आज शुक्रबार जनैपुर्णिमा र गाईजात्रा एकै दिन परेको छ । आज बिहानै देखि देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ भने बिहानैदेखि चर्को घाम लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि शनिबार भने देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

  • २७ श्रावण २०७९, शुक्रबार ०९:०६ प्रकाशित