बाबुरामले भने, ‘माओवादीमा फर्किन्नँ ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् ।

बिहीबार ललितपुरको हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग भएको भेटमा भट्टराईले माओवादी केन्द्रमा नफर्किने बताएका हुन् । भेटका क्रममा प्रचण्डले पार्टीमा फर्किन आग्रह गरेकामा भट्टराईले अनिच्छा देखाएका हुन् ।

आफू माओवादीमा नफर्किने तर सत्ता गठबन्धनमा समेट्नका लागि भूमिका खेल्नका लागि भट्टराईले प्रचण्डलाई आग्रह गरेको बताइएको छ ।

  • २६ श्रावण २०७९, बिहीबार १५:५७ प्रकाशित