कांग्रेसलाई १०० सिट स्वाभाविक होः एनपी सावद

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी सावदले सत्ता गठबन्धनका साझेदारहरू आआफ्नो पार्टीको सामर्थ्य अनुसार सिट बाँडफाँटमा सहमत हुने विश्वास व्यक्त गरेका छन् ।

“प्रारम्भिक अवस्थामा सत्ता साझेदार दलहरुले हामीलाइए यति सिट चाहिन्छ भन्नु स्वाभाविक छ । किनभने अहिलेसम्म तालमेलको कुनै सेट मोडल छैन । तर सबैले १६५ सिटभित्रै आफ्नो जे जति सामर्थ्य छ, त्यस अनुसार सिट लिने हो । २०७४ को आम निर्वाचन र स्थानीय तहको निर्वाचनका तथ्य र आँकडाअनुसार नेपाली कांग्रेसले सय सिट लिनु स्वाभाविक हुन्छ । एकाध सिट कम वा बेसी होला ।

सहमतिका निम्ति अधिकतम लचकता चाहिन्छ,” नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि कुरा गर्दै नेता सावदले यस्तो बताएका हुन् ।

पार्टीको केन्द्रीय समितिले गठबन्धन दलहरुसँग तालमेल गरेर जाने निर्णय लिइसकेको अवस्थामा त्यसबारे अनावश्यक आशंका गरिरहनुको औचित्य नभएको पनि नेता सावदले बताए । उनले थपे, “अहिले वार्ता, छलफल चलिरहेका बेला एक्लै जान्छु भन्ने कुरा गर्नु सान्दर्भिक हुँदैन ।

निश्चित नतिजा प्राप्तिका लागि तालमेल अनैतिक पनि हुन्न । तालमेल गर्दा पार्टीहरुले त्याग गरेर जानुको विकल्प हुन्न । सबै ठाउँमा एउटै पार्टीले लड्छु भनेर तालमेल हुन सक्दैन । हामी वार्ता र छलफलबाट हामी निक्र्यौलमा पुग्न सक्छौं । अहिले नै तालमेलमा आशंका गरिरहनु आवश्यक छैन ।”

  • २६ श्रावण २०७९, बिहीबार ११:२२ प्रकाशित