यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

केन्द्रभाग मिडिया

काठमाडौं ।

यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो ।

आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु भएको र भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुंगेलले बताए ।

उनले भने,‘ भोलि पूर्णिमा तिथि बिहान सकिने भएपनि रक्षाबन्धन बाध्न मिल्ने उनले बताए । नेवारी समूदायले जनैपूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदा तिथिमा मृत आफन्तहरुको सम्झनामा गाईजात्रा निकालेर बजार परिक्रममा गर्ने गर्दछ ।

  • २६ श्रावण २०७९, बिहीबार १०:५४ प्रकाशित