बुटवल ।
बुटवलमा ‘लामखुट्टे खोज र नष्ट गर अभियान’ सुरु भएको छ ।
लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामी बढेपछि बुटवलमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको हो ।
बुटवल उपमहानगरपालिकाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान चलाएको छ ।
पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले दिउंसोमा टोक्ने लामखुट्टेबाट डेंगु संक्रमण हुने भएकाले शरीरका सबै भाग छोपिने कपडा लगाउन सुझाव दिए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्ला दिनमा दैनिक १५र१६ जनामा डेंगुको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।














