काठमाडौं ।
सत्ता गठबन्धनको बैठक बस्दैछ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेलको मापदण्ड र मोडालिटी तयार पार्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्न लागेको हो । सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्न आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
कार्यदलको साउन २३ गते बसेको बैठकमा कार्यदलका सदस्यले आ आफ्नो दलको निर्णय सुनाएका थिए । योबीचमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेलबारे आफ्नो आन्तरिक छलफल गरेका थिए ।
आजको बैठकमा सिट बाँडफाँटको आधार र मापदण्डबारे प्रस्ताव राखेर छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदललाई भदौ पहिलो साताभित्र चुनावी तालमेलको मापदण्ड र मोडालिटी बनाएर प्रतिवेदन बुझाउन भनिएको छ ।