गण्डकीसहित चार वटा प्रदेशमा वर्षा

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ । बागमती र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना  छ ।

राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ ।

 

  • २६ श्रावण २०७९, बिहीबार ०७:४३ प्रकाशित