काठमाडौं ।
सानेपामा कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ । पदाधिकारी बेठकमा सभापति र दुई उपसभापति भने सहभागी छैनन् । सभापति र दुइ उपसभापति अनुपस्थित भए पछि महामन्त्री गगन कुमार थापाले बैठकको अध्यक्षता गरेका छन् ।
सभापति शेरबहादुर देउवा व्यस्तताका कारण बैठकमा आउन नपाएको बताइएको छ । दुई उपसभापति मध्य धनराज गुरुङ बैदेशीक भ्रमणमा छन् भने, अर्का उपसभापति पूर्णबहादुर खड्का कोरोना संक्रमीत छन् ।
उपस्थित पदाधिकारी वरियता क्रमका आधारमा थापाले बैठकको अध्यक्षता गरेका हुन् । बैठकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजना गरिउको अभिमुखिकरण कार्यक्रमको तयारी वारे छलफल हुने छ । त्यस्तै प्रतिनिधि सभा र प्रदेश निर्वाचन वारे पनि छलफल हुने बताइएको छ ।
यही साउन ३० र ३१ गते कांग्रेसले जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको मिति तय गरेको छ ।














