चीनमा फेरि देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस : यस्तो छ लक्षण

केन्द्रभाग मिडिया

चीन।

कोभिड १९ को उत्पत्ति भएको चीनमा फेरि नयाँ भाइरस उत्पन्न भएको छ ।

चीनमा जनावरबाट मानिसमा सर्ने नयाँ प्रकारको हेनिपाभाइरस देखिएको हो । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको चीनिया सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको जनाइएको छ ।

यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरुको भनाइ छ ।

संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो संक्रमणबाट अहिलेसम्म चीनमा ३५ जना संक्रमित भएको जनाइएको छ ।

  • २५ श्रावण २०७९, बुधबार ०८:३८ प्रकाशित