काठमाडौं ।
अब यातायातको स्मार्ट लाइसेन्स प्रदेशमै छापिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै प्रदेशहरुलाई स्मार्ट सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छाप्न दिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकमा स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले मेसिन उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेशस्थित सम्बन्धित यातायात कार्यालयहरुबाट नै लाइसेन्स छपाइ गर्ने निर्णय भएको हो । अहिले यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्छ । यसका कारण देशभर लाइसेन्स परीक्षा पास भएकाहरुले दुई वर्षसम्म लाइसेन्स नपाउने अवस्था रहेको छ ।














