दक्षिण कोरियामा ८० वर्षयताकै भारी वर्षा, ८ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

A vehicle is submerged in a flooded road in Seoul, Monday, Aug. 8, 2022. Heavy rains drenched South Korea's capital region, turning the streets of Seoul's affluent Gangnam district into a river, leaving submerged vehicles and overwhelming public transport systems. (Hwang Kwang-mo/Yonhap via AP)

एजेन्सी ।

दक्षिण कोरियामा ८० वर्ष यताकै भारी वर्षा भएको छ । भारी वर्षापछि आएको बाढीमा ८ जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् ।

बाढीका कारण ठाउँ–ठाउँमा घर भत्कँदा १४ जना घाइते भएका छन् । दक्षिण कोरियाको राजधानी सिओल बाढीको चपेटामा पर्दा हजारौं विस्थापित भएका हुन् ।

नदीको सतह बढेर बस्तीसम्म प्रवेश गर्दा उनीहरू विस्थापित भएका हुन् । बाढीका कारण मेट्रो, रेलवे सेवा, हवाई लगायत सार्वजनिक यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

पार्किङमा राखिएका निजी सवारीसाधन बाढीले बगाउँदा लाखौंको क्षति भएको छ । दक्षिण कोरियामा ८० वर्षपछि यति भारी बर्षा र बाढी आएको त्यहाँको मौसमविद्हरूले बताएका छन् ।

  • २४ श्रावण २०७९, मंगलवार १६:३२ प्रकाशित