चिया उत्पादकले भेटे प्रम देउवा : निर्यात समस्याबारे भारतसँग कुरा गर्ने आश्वासन

केन्द्रभाग मिडिया

काठमाडौं ।

इलामका चिया उत्पादकले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा इलामका चिया उत्पादकले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा भारतमा हुदै आएको नेपाली चिया निर्यातमा अंकुश लगाउने चलखेल भएको भन्दै त्यसलाई रोक्न उत्पादकले माग गरेका छन् ।

केही व्यापारीहरूको सेटिङमा भारततर्फ निर्यात हुदै आएको नेपाली चिया कम गुणस्तरको कायम गर्ने र ४० प्रतिशतसम्म कर लगाउ षड्यन्त्र भइरहेकाले प्रधानमन्त्रीलाई वास्तविकता जानकारी गराउन उत्पादकसहित आफू बालुवाटार गएको नेता खनालले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले समस्याका बारेमा भारत सरकार र भारतीय दूतावाससँग कुरा गर्ने बताएका छन् ।

  • २४ श्रावण २०७९, मंगलवार १६:२५ प्रकाशित